गृहमन्त्री अर्याल र निवर्तमान सांसद खतिवडाबीच भेटवार्ता

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गरेका छन् । चम्पादेवी-६, ओखलढुंगा घोराखरीसहित देशभरका २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको सन्दर्भमा, उक्त निर्णयलाई यथाशीघ्र कार्यान्वयन गराउन अनुरोध गर्दै निवर्तमान सांसद खतिवडाले गृहमन्त्री अर्याल र गृहसचिव रामेश्वर दंगालसँग आइतबार विशेष भेटवार्ता गरेका हुन्। भेटका क्रममा खतिवडाले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले…