काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ले आगामी असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ। विभिन्न राजनीतिक दल तथा समूहसँगको एकता र समायोजनपछि हुन लागेको पहिलो महाधिवेशन भएकाले निर्वाचनभन्दा सहमतिमार्फत नेतृत्व चयन गरेर एकताको सन्देश दिन खोजिएको पार्टी नेताहरूले बताएका छन्। पार्टीले असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन…