कांग्रेसको कार्यसम्पादन समितिमा सहमति नभएपछि खड्काले पदाधिकारी बाहिरका नेताहरूसँग संवाद गर्ने

काठमाडौं, नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पार्टीभित्रको महाधिवेशन मितिसम्बन्धी चर्को विवाद समाधान गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पूर्ण जिम्मेवारी दिएको छ। ललितपुरको धोबीघाटमा आज बसेको बैठकले पदाधिकारी र शीर्ष नेताहरूसँग समन्वय गरी निकास निकाल्ने जिम्मा खड्कालाई सुम्पिएको हो। सहमहामन्त्री किशोरसिंह राठौरले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “पूर्णदाईलाई मुख्य जिम्मेवारी दिएका छौँ। उहाँसहित उपसभापति धनराज गुरुङ,…