काठमाडौं - यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ। मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। निर्वाचनलाई स्वच्छ…