डेंगु संक्रमणको प्रकोप बढ्दै, ६ जिल्ला उच्च जोखिममा

काठमाडौँ- नेपालमा डेंगु संक्रमणको प्रकोप बढ्दै जाँदा ६ जिल्ला उच्च जोखिममा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसवर्ष गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा मात्र यस वर्ष १३ हजार ८९८ जना संक्रमित भेटिएका छन्, जुन देशभरका कूल संक्रमितको झण्डै ५० प्रतिशत हो । गण्डकी प्रदेशमा डेंगुका कारण…