मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू

महोत्तरी – मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शुरू भएको छ । यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि शुरू भई १० दिनसम्म मनाइन्छ । ११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन गरिन्छ । आजदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाको हरेक गाउँटोलको…