जेरुसेलम - इजरायलले लेबनानमा बुधबारदेखि लागू भएको युद्धविराम स्वीकार्दा हिजबुल्लाहसँगको एक वर्ष लामो लडाइँको अन्त्यले गाजाको हमास र उसको कट्टर प्रतिद्वन्द्वी इरानतर्फ आफ्नो ध्यान केन्द्रित गर्न सहज हुने भएको छ । लेबनानमा युद्धविराम भएपनि इजरायल तत्काल गाजाबाट फिर्ता भने हुने छैन । इजरायलले युद्धविरामका शर्तहरू उल्लङ्घन भएमा हिजबुल्लाहमाथि फेरि आक्रमण गर्न नहिचकिचाउने बताएको छ ।…