सर्लाही । सर्लाहीमा टिपरले ठक्कर दिँदा एकजना कांग्रेस नेताको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन( ११ मा शुक्रबार दिउँसो प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिफरले ठक्कर दिँदा हरिवन नगरपालिका -७ घुर्कौली घर भएका करिब ४५ वर्षीय दीपक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। अधिकारी प्रदेश ०२(०३७ प ४४०१ मोटरसाइकलमा सवार थिए।…