काठमाडौँ । २० जिल्लाका ७१ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घोषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ (१) बमोजिम…