संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौँ - संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । उनीसँगै कार्यक्रममा सरकारका अन्य मन्त्रीहरू पनि सहभागी भए । कन्सर्टमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरूसँग संविधान दिवसको खुसी साटे । प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए । नागरिक र कलाकारबाट…