महिला लिगमा कोशीको लगातार दोस्रो जित

काठमाडौँ - कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । बिहीबार एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले बागमती युथ क्लब विरुद्ध २-१ को पुनरागमन जित निकालेको हो । खेलको २६ औँ मिनेटमा विष्णुमायाले गोल गर्दै बागमती युथ क्लबलाई अग्रता दिलाएकी थिइन् । तर तीन मिनेटपछि नै कोशीका लागि समीक्षा मगरले बराबरी गोल…