पर्वत - यहाँको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुख आवासका लागि भाडामा लिएका आवास गृह प्रयोगविहीन बनेका छन् । नगरपालिकाले ती घरका भाडाबापत वार्षिक लाखौँ रुपैयाँ भुक्तानी गर्दै आएको छ । नगरप्रमुखको आवासका लागि फलेवास नगरपालिका–६ देवीस्थानमा र कर्मचारीका लागि फलेवास –५ खानीगाउँमा घर भाडामा लिइएको नगरपालिकाले जनाएको छ । आवास गृहमा न कर्मचारी बस्छन् न…