काठमाडौं– पोलियोका कारण पाकिस्तानमा एक बालिकाको मृत्यु भएको छ । विश्वका धेरै मुलुकबाट उन्मूलन भइसकेको पोलियो पाकिस्तान, अफगानिस्तान, नाइजेरियाजस्ता देशमा अझै पाइन्छ । पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित खारा जिल्लामा पोलियोका कारण २३ महिने बालिकाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । पछिल्लो समय बलोचिस्तानका ८ जिल्लामा पोलियो भाइरसको प्रकोप देखिएको छ । डनका…