डडेल्धुरा- डडेल्धुरामा गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बुधबार बिहान ११ बजे अर्को शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार राति साढे १२ बजेतिर भएको दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका– १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको…