निर्णय गर्न पन्छिने कर्मचारीउपर भ्रष्टाचारको मुद्दा चलाउन अख्तियारको प्रस्ताव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय गर्न पन्छिने कर्मचारीउपर भ्रष्टाचारको मुद्दा चलाउने कठोर कानुनी व्यवस्था प्रस्ताव गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन विधेयकमा यस्तो प्रावधान राख्नुपर्ने प्रस्ताव अख्तियारले गरेको हो । प्रस्तावित विधेयकमा यो प्रस्ताव छैन । थप व्यवस्था प्रस्ताव गर्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले निर्णय गर्नेले फाइल थन्काएर राखिदिने…