काठमाडौं । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेपाली कांग्रेसको संस्थापन इतर पक्षको कार्यक्रममा पार्टी एकताको पक्षमा सार्वजनिक प्रतिबद्धता जनाइए पनि अधिकांश नेताले साउन २९ भित्र सम्मानजनक राजनीतिक सहमति नभए ‘नयाँ कार्यदिशा’मा अघि बढ्ने स्पष्ट चेतावनी दिएका छन्। ‘संवाद, सहमति र एकता–आजको आवश्यकता’ शीर्षकमा आयोजित कार्यक्रममा बोल्ने शीर्ष नेताहरूले…