काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आज बिहान ११स्३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल हस्तकला महासंघका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने कार्यक्रम तय गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलको मुख्य उद्देश्य नेपालको हस्तकला क्षेत्रको उत्पादन, बजार विस्तार, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनाका विषयमा निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्नु हो। बैठकमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष…