काठमाडौँ- कञ्चनपुरमा महिलाको ज्यान लिएको बाघलाई आज नियन्त्रणमा लिइएको छ । बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहान डार्ट गरेर नियन्त्रणमा लिएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्राविधिक टोलीले बाघलाई महिलामाथि आक्रमण गरेकै स्थान दोधारा चाँदनी नगरपालिका-२ को उखुबारीबाट नियन्त्रणमा लिइएको जनाएको छ । बाघलाई अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा…