सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो

विराटनगर - सप्तकोशी नदीमा पानीको बहाब बढ्दै जाँदा ठाकुरबासा पारिपट्टीको टापुमा पानी पसेर ३० जनाभन्दा बढी मानिस समस्यामा परेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० देखि ३० जना मान्छे बोटबाट दुई दिन अगाडि नै त्यहाँ पुगेका थिए । आफूहरुले उनीहरुको उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । यसैबीच सप्तकोशी…