काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा पछिल्लो २४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको धरान नगरपालिका-१३ स्थित सडकमा प्रदेश १-०२-००२ ख ०१६० नम्बरको ट्रकमा प्रदेश १-०२-०४८ प ४९२४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका-२० बस्ने २० वर्षीय समर्पण राईको मृत्यु भएको छ ।…