एन्फा कम्प्लेक्समा आज नेपाल श्रीलंकासँग भिड्दै

ललितपुर । साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा आज (आइतबार) घरेलु टोली नेपाल श्रीलंकासँग भिड्दैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो। एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर…