एसिया कराँते च्याम्पियनसिपमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

नेपाली मार्सल आर्ट खेलाडी एरिका गुरुङले २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी छिन् । आइतबार भएको फाइनल भिडन्तमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भएपछि उनी रजतमा सीमित भएकी हुन् । चीनको हाङ्जाउमा च्याम्पियनसिपको ६८ केजीमाथि तौल समूहमा एरिकाले प्रतिस्पर्धा गरेकी थिइन् । उनलाई फाइनलमा भियतनामकी नुयेनले ६–० ले पराजित गरिन् । एसियन सिनियर…