ललितपुरको कुम्भेश्वरमा आगलागी

काठमाडौं - ललितपुरको कुम्भेश्वरस्थित एक घरमा आज बिहान आगलागी भएको छ । बंगलामुखी मन्दिर नजिकैको घनाबस्तीमा भएको घरमा आज बिहान करिब नौ बजेतिर आगलागी सुरु भएको थियो । घरको सबैभन्दा माथिल्लो तलामा आगलागी भएको हो । ललितपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाका नगर प्रहरीसहितको टोली खटिएको थियो ।…