काटिसकेको धान तत्काल भित्राउन अनुरोध

काठमाडौँ । मौसमविद्‌ले भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले धान काटिसकेको भए तत्काल भित्राउन अनुरोध गरेको छ। यदि धान नकाटेको भए तत्काल नकाट्न पनि पालिकाहरूले अनुरोध गरेका छन् । सूचना प्रवाहका लागि कैलालीको धनगढी उपमहानगरपालिकाले वडा–वडा माइकिङ गर्दै आएको छ । माइकिङका लागि नगर प्रहरीहरू परिचालन गरिएको पालिकाले जनाएको छ । यसैगरी दाङको…