काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्चालित खुद्रा तथा थोक पसलबाट अधिकतम मूल्यभन्दा बढीमा सामान बिक्री भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरले आज एक सूचना जारी गर्दै मूल्य सूची बनाएर पसलको अग्र भागमा सबैले देख्ने गरी राख्न, अधिकतम मूल्यभन्दा बढी मूल्यमा बिक्री वितरण नगर्ने सुनिश्चित गर्न र म्याद गुज्रिएका बस्तु विक्री वितरण नगर्न…