काठमाडौं । नेपाल राष्ट्र बैंकले बेस्ट एक्सचेन्ज हाउसको अनुमति खारेज प्रक्रिया अघि बढाएको छ । बेस्ट आफैंले स्वेच्छिक खारेजमा जान चाहेकोले केन्द्रीय बैंकले खारेजीको प्रक्रिया अघि बढाएको हो । मनिचेन्जरको कारोबार गर्ने इजाजत पाएको बेस्टमा कसैको रकम बाँकी भए ३५ दिनभित्र दाबी गर्न समय दिइएको छ । ३५ दिनसम्म पनि कतैबाट दाबी नपरे कम्पनी खारेजीमा…