काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, पाँच घाइते

काठमाडौँ । कपिलवस्तुको पूर्व-पश्चिम राजमार्गस्थित शिवराज नगरपालिका-१, बनकसबासमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ८५०६ नं.को यात्रुवाहक बसले एक पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको वडा प्रहरी कार्यालयले जनाएको छ…