सरकारको विरोध गर्ने अनुमानमा प्रहरी नियन्त्रणमा दुर्गा प्रसाईं

काठमाडौं । झापाबाट काठमाडौं आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । विमानस्थलमा उनले सरकारका विरुद्ध बोल्न सक्ने अनुमानपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई उनको घर लिएर छोडिदिएको छ । प्रहरीकै गाडीमा उनलाई घरसम्म लगिएको हो । प्रसाईं आज झापाबाट आउने भएपछि सञ्चारकर्मीहरू विमानस्थल पुग्ने प्रयासमा थिए…