आगामी वर्ष निर्माण थाल्ने घोषणा गरेको बूढीगण्डकीमा ‘शून्य’ बजेट

काठमाडौं । सरकारले बजेट भाषणमा आगामी आर्थिक वर्ष २०८१/८२ मा निर्माण सुरु गर्ने घोषणा गरेको बूढीगण्डकी जलाशययुक्त आयोजनामा बजेट भने शून्य राखिएको छ । व्यय अनुमानको विवरण समेटिने दस्तावेज (रातो किताब) अनुसार आगामी आर्थिक वर्षका लागि यो आयोजनाले कुनै पनि रकम पाएको छैन । आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ३३ करोड ८१ लाख रुपैयाँ…