ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको अध्यक्ष केसीको दाबी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले साधारण खर्चको बोझ घटाउन संघीयता खारेज गर्नुपर्ने बताए । ‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च…