काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रसँग जोडिएका सडक खण्डमा पूर्ण पार्किङ निषेध गर्ने भएको छ । महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले आइतबार सूचना जारी गर्दै सबै पार्किङ निषेध गरेको जनाएकी हुन् । ‘दरबार क्षेत्रसँग जोडिएका पुल्चोक–मंगलबजार–ग्वार्को सडक खण्ड र मंगलबजार–ईटी लगनखेल सडक खण्डमा सवारीसाधन (दुई पाङ्ग्रे) पार्किङ निषेध गरिएको छ,’ सूचनामा छ ।…