काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरुको नाम दर्ता (लाइन्सेस) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८ औँ लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत चिकित्सक उतीर्ण भएका छन् । मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा मेडिकलमा एक हजार…