हिराकुमारीको ज्यान लिने बाघ खोज्न दुई हात्ती परिचालन

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– २ कमलशाही टोलकी २६ वर्षीया हिराकुमारी शाह (साहु)को ज्यान लिने बाघ खोज्नका लागि हात्ती परिचालन गरिएको छ। बिहीबार बिहान साढे १० बजेतिर बाघको आक्रमणबाट दोधाराचाँदनी नगरपालिका– २ चाँदनी कमलशाही टोलकी हिराकुमारीको मृत्यु भएको थियो। उनको ज्यान लिने बाघको खोजीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट दुई हात्ती परिचालन गरिएको हो। निकुञ्जका सूचना अधिकारी मनोजकुमार…