थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै १ करोड ठगी, २ जना पक्राउ

काठमाडौँ । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरी छन् । उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त…