भीमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर । सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा राप्रपाका १८ जना नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा पक्राउ परेका उनीहरुविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको हो। राप्रपा कञ्चनपुरको आयोजनामा शुक्रबार भएको संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको प्रदर्शनका पार्कभित्र रहेको सालिक तोडफोड भएको थियो ।…