काठमाडौं । उच्च अदालत पाटनका दुई न्यायाधीशको राय बाझिएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाई हुने भएको छ । दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउनेआदेशअनुसार आज न्यायाधीश कोइरालाको एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो। गत मंसिर १५ गते…