काठमाडौं । हमास र इजरेलबीच केही बन्धकहरू छोड्ने र संघर्ष विराम गर्ने विषयमा सहमति भएको छ। गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गराउन इजरेली मन्त्रिपरिषद्ले हमाससँग भएको एउटा सम्झौतालाई पारित गरेको छ। इजरेली प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित एउटा विज्ञप्तिका अनुसार चार दिनका लागि लडाइँ रोकिएको बेला बन्धकहरूलाई मुक्त गरिने छ। उक्त सम्झौताअनुसार थप १० बन्धकलाई…