केदार कार्कीले बुझाए मुख्यमन्त्री निवासको चाबी

विराटनगर । पदमुक्त भएको २२ दिनपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवासको चाबी बुझाएका छन् । २६ वैशाखमा पदमुक्त भएका कार्कीले शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर निवासको तालाचाबी बुझाएका हुन् । पूर्वमुख्यमन्त्री कार्कीले निजी सचिव दिवस राजवंशीमार्फत निवास र तीन वटा सवारीको तालाचाबी बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । २७ असोज २०८०…