काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिकामा सभा हल र शौचालय निर्माणमा १२ लाख ८९ हजार तीन सय २० रुपैयाँ अनियमितता भएको पाइएको छ । भ्रष्टाचार भएको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले लामो अनुसन्धानपछि मिश्र, गाउँपालिकाको तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा…