पुल नहुँदा राप्ती सोनारीका जनतालाई सास्ति

नेपालगन्ज । खहरेखोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नु परिरहेको छ । गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरेखोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउन समेत समस्या भएको बताएका छन् । राप्ती सोनारी–९ खैरीटोलका लालबहादुर विकले स्थानीय डुडुवा खोलामा पुल नहुँदा काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए । 'हिउँदमा…