पासपोर्ट प्रकरणमा पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट)खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा आरोपित पाँच जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूसँग ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी माग गर्ने आदेश दिएको हो। अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, विभागका निर्देशक सुनिलकुमार केसीसँग ४ लाख…