महाेत्तरीमा छाडा पशुको जगजगी

महोत्तरी। बिहान बेलुकाको घुमफिर होस् वा कुनै बजारका काममा यात्रीलाई ढेसा (घच्चा) लगाउँदै हिँड्ने छाडा पशुले यहाँका सर्वसाधारण हैरान भएका छन् । जिल्लाका सबैजसो बजार क्षेत्रमा छाडा चौपायाको जगजगी छ । बजारतिर निस्केपछि छाडा पशुलाई छिचोलेर निस्कन हम्मेहम्मे पर्ने सर्वसाधारणको गुनसो छ । 'बजारतिर निस्केपछि छाडा पशुले सिङ चलाइदिने हुन् कि भन्ने डर हुन्छ,' जलेश्वर–२…