काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनमा भएको अनलाइन निर्वाचन र मतदानको अनुगमन गर्न गठित निर्वाचन अनुगमन समितिले निर्वाचनका क्रममा योजनाबद्ध रुपमा धाँधली गरिएको ठहर गरेको छ । असोज ३० देखि कात्तिक ३ गतेसम्म काठमाडौँको सोल्टी होटलमा सञ्चालन भएको महाधिवेशनअन्तर्गत भएको निर्वाचनलाई अनुगमन गरी निष्पक्ष निर्वाचनको प्रत्याभूति गर्न अन्तर्राष्ट्रिय समन्वयन परिषदले उपाध्यक्ष दुर्गा…