मसानघाट पनि छाडेनन् माफियाले, कसैको मृत्यु भए घन्टाैँ लगाएर खोज्नुपर्छ घाट !

बागलुङ । एकदशक अगाडिसम्म निसीखोलाका किनार सुनसान थिए । ढुङ्गा र बालुवाका थुप्रोमा बकुल्ला डुल्थे । मान्छेको मृत्युपछि दाहसंस्कार गर्ने विभिन्न जातजातिको आआफ्नै घाट हुन्थ्यो । अचेल ती घाटमाथि संरचना बन्न थालेका छन् । कतिले त घाटलाई अतिक्रमण गरी खेतमा परिणत गरेका छन् । पातीहाल्ने, तिलाचन, घुमदेखि बग्दै आएको निसीखोला भुजीखोला र तमानखोलासँग मिसिएर बडिगाड…