जापान र बेलायतले प्रधानमन्त्री कार्कीलाई दिए बधाई

काठमाडौं - पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रवार नेपालको प्रधानमन्त्री नियुक्त भएलगत्तै बेलायत र जापानले बधाई दिएका छन् । बेलायती दूतावासले साँझ जारी गरेको विज्ञप्तिमा कार्कीको नियुक्तीलाई  गत साताका दुःखद घटनापछि मुलुकलाई स्थायित्वतर्फ लैजाने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । ‘नेपाल धनको क्षति, घाइते र सम्पत्तिको नोक्सानीबाट स्तब्ध छ । यस्तो परिस्थितिमा कार्कीको नियुक्ति स्थिरता र…