‘अत्यधिक गर्मीको अवस्था झनै गम्भीर बन्दै गएको छ’

काठमाडौं । जल तथा मौसम विज्ञान विभागकी निर्देशक अर्चना श्रेष्ठले जलवायु परिवर्तनका प्रभाव नेपालमा प्रत्यक्ष रूपमा देखिन थालेको बताएकी छन् । मंगलबार ‘हिट एक्शन डे’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले बढ्दो तापक्रम, गर्मीका दिनको संख्या वृद्धि तथा अत्यधिक गर्मीका घटनाले जनजीवन, स्वास्थ्य, कृषि र अर्थतन्त्रमा असर पार्न थालेको उल्लेख गरिन् । विभागले पछिल्ला वर्षहरूमा…