काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी अञ्जना केसीले पार्टी परिवर्तनको पक्षमा थापा एक्लो नभएको लेखेकी छिन् । विशेष महाधिवेशन उद्घाटन भएपछि केसीले सामाजिक सञ्जालमा लेख्दै यो अभियानमा भोलिका राम्रो नेपाल देख्न चाहने असंख्यको साथ रहेको उल्लेख गरेकी हुन् । ‘मलाई थाहा छ, दाउ धेरै ठूलो छ र तपाईंले लिइरहनुभएको जोखिमको गहिराइ म बुझ्छु…