मुख्यसचिवले गरे सचिवहरूसँग भर्चुअल संवाद, राजनीतिक नेतृत्व नहुँदा ठोस निर्णय भएन

काठमाडौं- जेनजीको आन्दोलन र आगजनीपछि सिंहदरबार अस्तव्यस्त भएपछि मुख्यसचिव एकनारायण अर्यालले सचिवहरूसँग भर्चुअल संवाद गरेका छन् । घटनाबारे सामान्य छलफल भए पनि ठोस निर्णय भने नभएको सहभागी एक सचिवले जानकारी दिए । जेन-जीको आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक नेतृत्वमा देखिएको अन्योलताले कर्मचारी प्रशासन पनि अस्तव्यस्त छ । ती सचिवले भने, 'सिंहदरबारमा आगजनी भएपछि कार्यालयमा…