काठमाडौँ- नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले उखु किसानका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन्। उनले किसानको लागत र मेहनतको प्राथमिकता राखेर उखुको मूल्य निर्धारण गर्न तथा अनुदान वितरणमा रहेको अपारदर्शिता हटाउन सरकारसँग माग गरिन्। उनले किसानहरू सधैं आफ्नो पसिनाको मूल्य प्राप्तिका लागि सडकमा आउनुपर्ने बाध्यता अन्त्य…