शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दिइयो दुई दिनको समय

काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय दिइएको छ । सोमबारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले प्रतिवेदन अध्ययन गर्न दुई दिनको समय मागेका थिए । सोमबार समितिको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदन पेस गरिएको थियो । विवादित विषयलाई थाँती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको थियो…